Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुपन्देही-२ मा एमालेका विष्णु पौडेल हराउँदै रास्वपाका खरेल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २३ २०८२
  • 893
    SHARES

बुटवल। रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।

२०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ को फराकिलो मतान्तरले खरेलले जित हासिल गरेका हुन। सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले ५६ हजार ५५० मत ल्याए ।

शनिवार सार्वजनिक अन्तिम परिणाम अनुसार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याए ।

निकटतम मानिएका पौडेलले जमानत जोगाए पनि निकै कम मत ल्याएका हुन् । नेपाली काँग्रेसका चुन्न पौडेलले ९ हजार ३९२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिपले १४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात् ६४.०७ प्रतिशत मत खसेको छ । त्यसमध्ये ८४ हजार १३ मत सदर भएको छ भने २ हजार २९० मत बदर भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४