Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा निर्वाचन: आज मध्यरातिदेखि मौन अवधि सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १८ २०८२
  • 2K
    SHARES

काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि मतदान कार्य सम्पन्न नभएसम्म कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा भोट माग्न पाइँदैन।

यसअघि आज दिनभर चुनावी सभा र प्रचारप्रसारमा राजनीतिक दल तथा उम्मेदवारहरू व्यस्त छन्।

किन लागू हुन्छ मौन अवधि?

मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भन्ने उद्देश्यले मौन अवधिको व्यवस्था गरिएको हो। शान्त वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउन तथा उम्मेदवारबीच प्रतिस्पर्धात्मक वातावरण कायम गर्न यो अन्तर्राष्ट्रिय अभ्याससमेत हो।

यदि मतदानअघिसम्म प्रचारप्रसार खुला गरिएमा मतदातालाई प्रभावित पार्ने जोखिम रहने भएकाले मौन अवधिको कडाइका साथ कार्यान्वयन गरिन्छ।

के गर्न पाइँदैन?

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा:

  • दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने,

  • कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न नहुने,

  • सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला जस्ता गतिविधि गर्न नपाइने,

  • सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न नहुने व्यवस्था छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित सबै व्यक्ति वा संस्थाले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेछ।

मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित दल वा उम्मेदवारलाई निर्देशन दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४