Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन खर्च बैंक खातामार्फत अनिवार्य, ६ सय ७१ उम्मेदवारले खोले चुनावी खाता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ५ २०८२
  • 2.9K
    SHARES

काठमाडौं। यही फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १६ दिन मात्र बाँकी रहेको छ।

निर्वाचन आयोग ले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेपछि उम्मेदवारले धमाधम खाता खोल्न थालेका छन्। राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था आयोगले गरेको छ। सोही व्यवस्था अनुसार हालसम्म ६ सय ७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन्।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ले ३ हजार ४ सय ६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६ सय ७१ जनाले मात्रै बैंक खाता खोलेको आयोगको प्रणालीमा सूचना प्राप्त भएको बताउनुभयो। यसअघि निर्वाचनमा बैंक खातामार्फत खर्च अनिवार्य गरिएको थिएन। यस वर्षदेखि भने निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको हो। बैंकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ।

आयोगले भूगोल अनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ। आर्थिक अनुशासन कायम गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ। आयोगका सचिव कृष्णबहादुर राउत का अनुसार दुर्गम कालीकोट जस्ता जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा पनि सुगम जिल्लाका केही उम्मेदवारले अझै खाता नखोलेको पाइएको छ।

नेपाल राष्ट्र बैंक का अनुसार देशका ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भइसकेका छन्। राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी रकम बैंक खाताबाट मात्रै कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैबीच आयोगले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गर्दै नगद बोकेर चुनावी खर्च गर्न नपाइने स्पष्ट पारेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले बैंकिङ प्रणाली प्रयोगले निर्वाचन खर्च थप पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४