Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्र पौडेलको निर्देशन : निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा संयन्त्र सुदृढ गर्न आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १ २०८२
  • 3.4K
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति–सुरक्षाको प्रबन्ध थप सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउन सरकार तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले लोकतन्त्र सुदृढ बनाउन निर्वाचनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक स्रोत, साधन तथा जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

राष्ट्रपति भवन शीतलनिवास मा आज आयोजित भेटघाटका क्रममा राष्ट्रपति पौडेलले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै निर्वाचनको सुरक्षा तयारी, सम्भावित चुनौती तथा समन्वयका विषयमा चासो व्यक्त गरेका थिए । उनले निर्वाचनलाई विश्वसनीय र मर्यादित बनाउन सुरक्षा संयन्त्रको सक्रियता अत्यन्त आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेल ले लोकतान्त्रिक प्रणालीमा जनताको अभिमत अभिव्यक्त गर्ने सबैभन्दा प्रभावकारी माध्यम निर्वाचन नै भएको बताए । त्यसैले निर्वाचनलाई पूर्ण रूपमा भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिएको जानकारी दिए ।

सो भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की को उपस्थिति रहेको थियो । छलफलमा निर्वाचन सुरक्षाको समग्र तयारी, सुरक्षा रणनीति र निकायबीच समन्वय सुदृढ गर्ने विषयमा विचार आदान–प्रदान भएको बताइएको छ ।

निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा सुरक्षा व्यवस्था थप चुस्त बनाउन राष्ट्रपति कार्यालयले विशेष जोड दिएको छ । विश्लेषकहरूका अनुसार प्रभावकारी सुरक्षा व्यवस्थाले मात्रै निर्वाचनप्रति जनविश्वास बढाउन र लोकतान्त्रिक प्रक्रिया मजबुत बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४