Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीका जिल्लामा मतपत्र ढुवानी सुरु — निर्वाचन तयारी तीव्र, करोडौँ मतपत्र छपाइ सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका विभिन्न जिल्लामा मतपत्र ढुवानी सुरु गरेको छ। मतपत्र छपाइ सम्पन्न भइसकेका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा क्रमशः मतपत्र पठाउन थालिएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइरहेको छ। भौगोलिक रूपमा दुर्गम क्षेत्र भएकाले त्यहाँ समयमै सामग्री पुर्‍याउन प्राथमिकताका साथ ढुवानी अघि बढाइएको आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भइसकेको छ। कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। निर्वाचन सामग्री तयारी तीव्र रूपमा अघि बढिरहेको र बाँकी जिल्लाका मतपत्र पनि चरणबद्ध रूपमा छपाइ भइरहेका छन्।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ र सङ्खुवासभा लगायत जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।

त्यसैगरी सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक जिल्लाका मतपत्रसमेत छपाइ भइसकेको जानकारी दिइएको छ।

आयोगका अनुसार हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको छ। दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेका छन् भने १३ देखि १५ लाखसम्म मतपत्र दैनिक छपाइ भइरहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा भइरहेको छ। प्रारम्भिक चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जानकारी दिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइसमेत सम्पन्न भइसकेको छ। आयोगका अनुसार माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ तथा रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।

यसैबीच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको योजना छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्य सुरु गरिएको आयोगले जनाएको छ।

निर्वाचन सामग्री व्यवस्थापन, सुरक्षा तयारी तथा ढुवानी व्यवस्थापनलाई प्राथमिकतामा राखेर आयोगले सम्पूर्ण तयारी तीव्र बनाएको जनाएको छ। दुर्गम जिल्लामा समयमै मतपत्र पुर्‍याउन विशेष योजना बनाइएको छ भने सुरक्षा निकायसँग समन्वय गरी ढुवानी कार्य अघि बढाइएको आयोगको भनाइ छ।

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइ, ढुवानी र व्यवस्थापन कार्य तीव्र भइरहेका छन्। आयोगले निर्वाचन निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४