Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १९ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य तीव्र रूपमा अघि बढिरहेको छ। यसैक्रममा निर्वाचन आयोगले हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ।

आयोगका अनुसार मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा भइरहेको छ। हालसम्म हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राख्दै छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका सम्पूर्ण निर्वाचन क्षेत्रका मतपत्र छपाइको काम सकिएको छ।

त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका क्षेत्र नम्बर १ र २, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ तथा सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का लागि पनि प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका अनुसार नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २ सय थान मतपत्र छपाइ भइसकेर सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ। नमूना मतपत्र मतदातालाई मतदान प्रक्रियाबारे जानकारी दिन तथा मत बदर नहोस् भन्ने उद्देश्यले प्रयोग गरिँदै आएको छ।

यसैबीच, समानुपातिकतर्फको मतपत्र छपाइमा समेत उल्लेखनीय प्रगति भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत प्रयोग हुने कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यी मतपत्रहरू सुरक्षित रूपमा भण्डारण तथा चरणबद्ध रूपमा निर्वाचन क्षेत्रमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले बाँकी जिल्लाका मतपत्र छपाइ कार्य पनि तोकिएको कार्यतालिकाअनुसार सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ। साथै, मतपत्र छपाइ, ढुवानी तथा भण्डारणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको आयोगको भनाइ छ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आवश्यक सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारीलाई अन्तिम चरणमा पुर्‍याइरहेको जनाएको छ। समयमै मतपत्र छपाइ सम्पन्न हुनु निर्वाचन व्यवस्थापनका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको आयोगका अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४