Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युवराज सफलतापूर्वक पक्राउ, ३ दिन म्याद थपेर अनुसन्धान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.8K
    SHARES

काठमाडौँ । युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताए ।

महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सामाजिक सञ्जालबाट तथ्यहीन आरोप लगाएको भन्ने विषयमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आजै अदालतमा पेस गरी अनुसन्धानका लागि तीन दिनको म्यादसमेत लिइएको प्रवक्ता भट्टराईले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले यही माघ ८ गते नै पौडेलमाथि अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पौडेलविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४