Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र विकास बोर्डका नीति निर्माणमा मन्त्रालयसँग समन्वय हुनुपर्ने : सचिव अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १७ २०८२
  • 4.1K
    SHARES

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र उद्योग मुलुकको अर्थतन्त्र र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको उल्लेख गर्दै चलचित्र विकास बोर्डका नीति, कार्यक्रम र दीर्घकालीन योजनामा मन्त्रालयसँगको समन्वय आवश्यक रहेको बताएकी छन्।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सचिव अर्यालले बोर्डलाई कार्यक्षेत्रका हिसाबले पूर्ण स्वायत्तता दिइए पनि दीर्घकालीन योजना, वार्षिक कार्यक्रम र बजेट स्वीकृतिका विषयमा मन्त्रालयसँग सहकार्य अपरिहार्य रहेको स्पष्ट पारिन्।

उनले चलचित्रले इतिहास र कथा मात्र नभई मुलुकको आर्थिक समृद्धिको सारथी बन्न सक्ने भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिइन्।

बैठकमा उपस्थित सांसदहरूले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्रलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४