Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई करोड ६८ लाख धरौटी बुझाएर आज छुट्दै रवि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ४ २०८२
  • 4.5K
    SHARES

काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार (आज) थुनामुक्त हुँदैछन् । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बिहीबार तोकेको २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाउने प्रक्रिया अघि बढेसँगै उनी रिहा हुन लागेका हुन् ।

हाल ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेको रिहाइ प्रक्रिया भने रुपन्देही पुगेपछि मात्र पूर्ण हुनेछ । कानुनी प्रावधानअनुसार जिल्ला अदालत रुपन्देहीमा उपस्थित भई कागजात प्रमाणीकरण गरेपछि मात्र उनले औपचारिक रूपमा रिहाइको पत्र पाउनेछन् । सोही प्रयोजनका लागि उनलाई आजै भैरहवा लगिँदैछ ।

उच्च अदालतले माग गरेको धरौटी रकम स्वीकार गर्दै इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । बिहीबार नै लामिछाने छुट्ने हल्लाका कारण नख्खु कारागार परिसरमा समर्थकहरूको बाक्लो भीड लागे पनि अदालती प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनी आज मात्र छुट्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४