काठमाडौं । सबिन खड्का र गायिका आसा बिसीको सुमधुर स्वरमा सजिएको सन्देशमूलक तथा रोमान्टिक गीत “चालिस कटेसी” सार्वजनिक भएको छ। उक्त गीत (sk Entertainment Nepal) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतको शब्द गायक सबिन खड्काले नै रचना गरेका हुन भने संगीत गायक तथा सर्जक मोतिराज खनालले गरेकाछन् । हेमराज डाँगीको संगीत संयोजन, मिक्सिङ मास्टरिङ रहेको छ ।
गीतको कथा,निर्देशन सुरज खनालले सम्हालेका छन्। कोरियोग्राफर सुमित्रा संजिलाले गरेकिछिन । शिव बिकको सिनेम्याटोग्राफीले दृश्यलाई आकर्षक बनाएको छ भने सम्पादन र रङ संयोजन बिनोद बमले गरेका छन्।
गीतमा मेन क्यारेक्टरको रुपमा महेन्द्र खड्का, कमल जी. सी, सबिन खड्का, रिना गुरुङ, यशु भट्टराई, मिना बेलबासे, हरि आचार्य र अञ्जली प्रधानको अभिनय आकर्षक अभिनय देख्न सकिन्छ। साथै सायक कलाकारको रुपमा बिनोद कार्की, ध्रुव बस्नेत, शोभाखर खनाल, शिव शाह, शिवराज राउत, डिबी पाण्डे, जीवन ताराम मगर, छविलाल बेलबासे, क्रिस्टिना शाह, सलिना लुइटेल, सुष्मा कार्की, सुहाना क्षेत्री, सरु आचार्य, मुना खरेल र प्रितिका खनालको अभिनयले गीतलाई थप रोचक बनाएको छ ।
गीतले मध्यम उमेरमा परिबेश गरेपछि जीवनमा आउने यथार्थ, परिवर्तन र भावनात्मक उतारचढावलाई चित्रण गरेको छ। विशेषगरी बाल्यकालमै विदेशिएका युवायुवतीहरूको मनोविज्ञान र पिडालाई गीतले मार्मिक ढंगले प्रस्तुत गरेको छ।
अडियो र भिडियो दुवै पक्ष बलियो भएकोले गीतले दर्शक श्रोतामाझ विशेष स्थान बनाउसफल भएको छ ।