Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ६ २०८२
  • 798
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको पेसी तोकिएको थियो । तर, उक्त पेसी न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरे ।

अब अर्को पेशी मंगलबारका लागि पेसी तोकिएको छ ।

यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालयले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेपछि उच्च अदालतले चैत २२ गते लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । सोही आदेशपछि उनी पुनः पक्राउ परी रुपन्देही कारागारमा थुनामा परेका छन् ।

रिट निवेदनमा लामिछानेले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी तीन दिनपछि मात्र कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग राखेका छन् । साथै, थुनामा पठाउने उच्च अदालतको आदेशसमेत बदर गरिदिन अनुरोध गरिएको छ ।

उक्त मुद्दामा लामिछानेसँगै संलग्न रहेका अर्का प्रतिवादी पूर्व डिआईजी छविलाल जोशी पनि हाल रुपन्देही कारागारमै थुनामा छन् ।

एउटै मुद्दामा जोशीलाई थुनामा राखिएको भए पनि जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै समान आधारमा कारवाहीको माग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४