काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न रबि लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।
रबि लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् ।
सो मुद्दामा माघ २ गते रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।