Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेलाई हिरासतमा राख्न माग गर्दै सरकारी वकिल कार्यालय पुग्यो उच्च अदालत


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ८ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राख्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय कास्की उच्च अदालत पुगेको छ ।

न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

लगत्तै उनी धरौटी बुझाएर रिहा भएका थिए । तर, जिल्ला अदालत कास्कीको निर्णय चित्त नबुझेपछि उच्च अदालतमा निवेदन दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार कास्की अदालतको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको हो ।

न्यायाधीस राईको इजलासले गत पुस २५ मा रवि लामिछाने सहित हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न भनेको थियो ।

एता काठमाडौं जिल्ला अदालतले पनि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४