Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘रास्वपा’का रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित, अब के हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २८ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका उनी आफैं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो ।

सभापति लामिछाने प्रहरीको अनुसन्धानका क्रममा मुद्दा प्रक्रियामा सहभागी हुनेछन् । जिल्ला अदालतमा सुरुमा रवि लामिछानेको बयान हुनेछ । बयान पूरा भएपछि थुनछेक बहस सुरु हुने कानुनी व्यवस्था छ । थुनछेकपछि उनलाई रिहा गर्ने वा थुनामा पठाउने भन्ने आदेश हुन्छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४