Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने आइतबार मात्रै अदालतमा उपस्थित हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २६ २०८१
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने आइतबार मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भएका छन् ।

रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहराका अनुसार पार्टी सभापति लामिछाने आइतबार बिहान मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् ।

उनले भनेका छन रवि दाईका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ जाने क्रममा हुनुहुन्छ । सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ ।

रबि लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताका कारण स्थलमार्गबाटै काठमाडौं आउन लागेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रबि लामिछाने बिहीबार साँझ मात्रै रिहा भएका थिए । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी सहित सहकारी ठगीमा मुछिएका सात जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

रबि लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनमा मुछिएका छन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दायर भएपछि आइतबार आफैं अदालतमा उपस्थित हुनेछन् । रबि लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४