Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछाने विरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्धा दर्ता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ७ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्धा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध आज मुद्धा दर्ता लागेको हो ।

लामिछाने विरुद्ध सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलगायत ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

  • जीवीसहित १९ जनाविरुद्ध अदालतमा मुद्दा दायर, रविको पालो आइतबार

गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछाने पक्राउ परेका थिए । उनी ६५ दिनदेखी प्रहरी हिरासतमा छन् । यसअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी भएको ठगी सम्बन्धमा शुक्रबार गितेन्द्र बाबु राई (जीबी राई) सहित १९ जनाविरुद्ध थप अभियोगमा पत्र दायर भइसकेको छ ।

कास्की प्रहरीले रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४