Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इलाम र बझाङमा मतगणना सुरु हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १६ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । त्यहाँ करिब ५८ प्रतिशत मतदान खसेको निर्वाचन आयोगले जनाएको छ । इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्र ७ गरी १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बु र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबिच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

यसैगरी बझाङ १ मा भएको निर्वाचनको मतगणना पनि आज बिहान ७ बजेबाट हुने भएको छ । बझाङमा भएको उपनिर्वाचनमा भने नेपाली कांग्रेसका अभिशेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, माओबादी केन्द्रबाट जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर कुमार खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४