Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इलाम र बझाङमा मतदान सुरु, ५ बजेसम्म जारी रहने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १५ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ र बझाङ-१ को ‘क’मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ ।

प्रतिनिधिसभातर्फ इलाम-२ मा १९ र प्रदेशतर्फ बझाङ-१ को ‘क’मा ११ उमेदवार चुनावी मैदानमा छन् । इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ ।

बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो उम्मेदवार चुन्दैछन् । निर्वाचनका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि ६ सय ५१ कर्मचारी र एक हजार दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र बझाङ-१ को ‘क’का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते निधन भएपछि रिक्त यी क्षेत्रमा आज उपचुनाव भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४