Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा निर्वाचनको मतदान जारी, आजै नतिजा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ११ २०८०
  • 4K
    SHARES

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको मतदान सुरू भएको छ । सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहान ९ बजे पछिदेखि मतदान सुरू भएको हो ।

रिक्त हुन लागेको १९ स्थानमा आज निर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्  ।

आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।

निर्वाचनमा भाग लिन १२ राजनीतिक पार्टीले आयोगमा दल दर्ता गरे पनि चुनावी मैदानमा ८ दलका ५१ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा “एस” र जसपाले साझा उम्मेदवार अघि सारेर गठबन्धन गरेका छन् । जसमा नेपाली कांग्रेसका १०,नेकपा माओवादीका ६,नेकपा एसका २ र जसपाका १ उम्मेदवार छन् ।

सत्ता गठबन्धनसँग कसिलो प्रतिस्पर्धा रहेको कोशीमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले राप्रपासँग गठबन्धन गरेको छ । कोशी सरकारमा सत्ता गठबन्धनसँग सभामुख पद लिएको राप्रपाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भने नेकपा एमालेसँग गठबन्धन गर्न पुगेको हो ।

निर्वाचन आयोगका अनुसार कोशीमा १० हजार १३५, मधेशमा १० हजार ७४४, वाग्मतीमा १० हजार ३३३, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार ८४ र सुदूरपश्चिममा ६ हजार १०० गरी जम्मा ५७ हजार ५५९ मतभार छ ।

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन भइरहेको हो । फागुन २० गते पदावधि सकिने सांसदहरूमा एमालेबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विमला राई पौड्याल (महिला मनोनीत), दीपा गुरुङ (महिला), इन्दु कडरिया (महिला), दिलकुमारी रावल थापा (महिला), कुमार दसौदी (अन्य), नरपति लुवार (दलित), भैरवकुमार श्रेष्ठ (अन्य) र रामचन्द्र राईसहित ९ जना छन् । कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता) गरी ४ जना, माओवादीबाट बिना पोखरेल (महिला), हरिराम चौधरी (अन्य), महेशकुमार महरा गरी ३ जना, एकीकृत समाजवादीबाट नन्दा चापागाईं, सिंगबहादुर विश्वकर्मा (दलित), जसपाबाट प्रमिला कुमारी (महिला) र स्वतन्त्र खिमलाल देवकोटा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४