Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आँचल शर्मालाई लिएर फिल्म ‘एक मुठ्ठी बादल’ बन्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २६ २०८०
  • 3.8K
    SHARES

काठमाडौं । आँचल शर्मा र सहयोगराज अधिकारीलाई शीर्ष भूमिकामा लिएर सहारा शर्माले फिल्म ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । बिहीबार फिल्म घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ ।

‘इन्द्रेणी खोज्दै जाँदा’पछि सहाराको यो दोस्रो कथानक फिल्म हो । फेमिली ड्रामा जनरामा बन्ने फिल्मले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र उनको परिवार वर्षौंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ । निर्माता अभिमन्यू दीक्षितले फेब्रुअरी वा मार्चदेखि पोखरा उपत्यकामा फिल्म सुटिङ हुने बताए । पारिवारिक र महिला प्रधान कथावस्तुमा फिल्म बन्ने उनले जनाए ।

फिल्मको पटकथा सहाराले नै लेखेकी हुन् । यो फिल्मले यसअघि विश्वप्रसिद्ध महोत्सवको फिल्म बजारमा पिचिङ र ल्याबमा छनोट भइसकेको छ । लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा फिल्म पिचिङ भइसकेको छ ।

आउँदो जनवरीमा ढाका फिल्म फेस्टिभलको मार्केट र ल्याबमा फिल्म पेश हुँदैछ । फिल्मको पटकथा सहारा स्वयंले लेखेकी हुन् । कास्टिङको हिसाबले सहयोगराजको यो डेब्यु फिल्म हुनेछ । उनी टेलिभिजनको पृष्ठभूमिबाट फिल्ममा आएका हुन् । गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माणमा सहकार्य गरेका छन् । यी ब्यानरले यसअघि छोटो फिल्म र सिरिजमा काम गरिसकेका छन् । फेस्टिभल र हललाई लक्ष्य राखेर फिल्म बनाउन लागिएको निर्माता दीक्षितले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४