Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी प्रणाली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ८ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् ।

प्रधानन्यायाधीश श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए । उनले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने बताएका छन् ।

स्वचालित पेशी व्यवस्थापन भएपछि के हुन्छ ?

कर्मचारीहरूले आफ्नो ईच्छा अनुसार तारिख तोक्ने हालको पद्दति हट्छ ।

स्वचालित रुपमा तारिख दिइन्छ । मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुन्छ । यसअघि तारिख तोक्दा कर्मचारीले तजविजी गर्ने र आफुखुसी तोक्ने गुनासो थियो। अब त्यो हट्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४