Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चबाट चोखै निस्कन चाहन्छु : प्रस्तावित न्यायाधीश पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चबाट अवकाश हुँदा चोखो रहने आफ्नो चाहना भएको बताएका छन् ।

आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले न्याय क्षेत्रमा ३० वर्ष काम गरेको र अब बाँकी साढे ६ वर्षको समय पनि निष्ठा र इमान्दारीमा रहेर काम गर्ने बताएका हुन् ।

प्रस्तावित न्यायाधीश पौडेलले भ्रष्टाचारले राज्यको आत्मा नै मार्ने आफ्नो धारणा रहेको पनि बताए । ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ, भष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ, मेरो अनुभूति त्यो किसिमको छ’ उनले भने, ‘आजसम्म ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दार रहेर काम गरेँ, मेरो बाँकी साढे ६ वर्ष छ, चोखो भएरै निस्कन चाहन्छु ।

यसअघि उच्च अदालतको न्यायाधीश रहेका पौडेलले अदालती शुल्कका कारण नेपालको न्याय महंगो नभएको बताए । समयमा मुद्दा सुनुवाइ नहुने, तारेख धाइरहनुपर्ने र वकिलको शुल्कका कारण न्याय महंगो भएको उनको भनाइ छ ।

‘अदालतमा लाग्ने शुल्कका कारण न्याय महंगो भएको होइन, महंगो हुनुको धेरै कारण छन् । विलम्ब भयो भने अदालत जानुपर्‍यो, बस भाडा चाहियो, वकिलको फि तिर्नुपर्‍यो’ उनले भने ।
कानुन व्यवसायीले पनि कसैले धेरै र कसैले कम शुल्क लिने गरेको गुनासो आएको भन्दै उनले यसलाई व्यवस्थित गर्न संसदले कानुन बनाउन सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४