Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘छड्के २’ अभिनेता इयन निर्देशित फिल्म ‘बासेन्जी’ असोज २६ मा आउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ११ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । ‘छड्के २’ का अभिनेता तथा ‘आँपको अचार’ फिल्मका निर्देशक इयन स्कट क्लेमेन्ट निर्देशित ‘बासेन्जी’ आगामी असोज २६ गते रिलिज हुने भएको छ । निर्माताले बिहीबार विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनको घोषणा गरेका हुन् ।

नेपाली फिल्ममा पहिलोपटक भिडियो गेम कथ्यशैलीमा बनेको जनाइएको फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राईको शीर्ष भूमिका छ । ट्रेलरले कुनै रहस्यमय घटनाको वरपर फिल्म घुमेको अनुमान लगाउन सकिन्छ ।

फिल्मलाई मुख्य पात्र ‘प्रवेश’ पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाएर प्रस्तुत गरिएको उल्लेख छ ।

पश्चिम नेपालबाट काठमाडौं आइपुगेको प्रवेश कृषि विषयमा खोज पत्रकारिता गर्छ । एक दिन उसले आकाश पात्रलाई भेट्छ, जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि सुरू हुन्छ डरलाग्दो घटनाको सिलसिला । निर्देशकले प्रवेश पात्रको आँखाबाट कथा भन्ने प्रयत्न गरेका छन् ।

फिल्मलाई गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो । फिल्ममा प्रवेशको भूमिकामा असीम निरौला छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् ।

निर्देशक क्लेमेन्टले नेपाली फिल्ममा पहिलोपटक यस्तो प्रयोग गरिएको बताए । भन्छन्, ‘हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौं, जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसैगरी तृतीय पुरुषको दृष्टिकोण देखाउन गिम्बल प्रयोग गरेका छौं, जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउभाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ, हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४