Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसका सहमहामन्त्री यादवको आइसियुमा राखेर उपचार हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २० २०८०
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरि आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालका अनुसार विज्ञप्ति मार्फत भनिएको छ ‘टाउकोको सीटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ । उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ ।

तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आईसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको जानकारी गराइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४