Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने, हरिवंश आचार्य पनि जोडिए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १० २०८०
  • 3.4K
    SHARES

काठमाडौं । चर्चित फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को प्रदर्शन आगामी चैत ९ गते हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले शनिबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो ।

प्रदीप भट्टराईको पटकथा तथा निर्देशन रहने यो फिल्मलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । कार्यकारी निर्माताको रुपमा रविन्द्रसिंह बानियाँ हुनेछन् ।

यो फिल्मसँग अभिनेता हरिवंश आचार्य पनि जोडिएका छन् । ‘महापुरुष’पछि हरिवंश र षट्कोणको यो अर्को सहकार्य हो । यसबाहेक ‘महाजात्रा’मा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत पनि शीर्ष भूमिकामा निरन्तर हुने भएका छन् ।

स्केच शैलीमा तयार पारिएको यो पोस्टरमा ट्रकमा पैसा थुपारेको देख्न सकिन्छ । यससँगै ट्रकको पछाडि केही वाक्य पनि लेखिएको छ । फिल्मको थिम यिनै वाक्यभित्र लुकेको अनुमान गरिएको छ । ‘जात्रा’का अघिल्ला दुबै श्रृंखला बक्स अफिसमा हिट थिए । षट्कोणले केही महिनाअघि आध्यात्मिक ड्रामा ‘डाकिनी’ रिलिज गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४