Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘लिटिल स्टार नेपालभाषा’ गीत प्रतियोगिता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ९ २०८०
  • 4.5K
    SHARES

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पाटन दरबार क्षेत्रको भण्डारखाल बगैचामा आश्विन ११ गते बिहीबार प्रतियोगिता आयोजना हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनगरी जानकारी गराएका हुन् ।प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, सान्त्वनाहुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगद प्रदान गरिने जनाइएको छ । यस्तै, प्रतियोगितामा वरिष्ठ कलाकार र ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगिहरुले आफ्नो गीतको रेकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाहरुले अडिशन राउण्डमा प्रस्तुत दिने र यसैको आधारमा छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएका छन् । यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४