Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशी सरकारविरुद्धको रीटमा आज सुनुवाई हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ७ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बिहीबार सुनवाइ हुने भएको छ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो । उक्त रीटमा बिहीबारदेखि सुनुवाई सुरु हुनेछ ।

मुख्यमन्त्री थापाले संविधान र प्रचलित कानून विपरीत सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसअघि पनि तत्कालिन सभामुख बाबुराम गौतमको मतसमेत जोडेर थापा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सर्वोच्च अदालतले त्यसलाई उल्ट्याईदिएपछि सभामुखबाट गौतमलाई राजीनामा गराएर थापा पुनः मूख्यमन्त्री बन्नुभएको हो ।

यसैबीच, कोशी प्रदेशसभाको अधिवेशन बुधबार रातीदेखि अन्त्य गरिएको छ । एमाले नेतृत्वको सरकारले ल्याएको बजेट अलपत्र रहेको बेला अधिवेशन अन्त्य गरिएको हो । नियमित सदनबाट बजेट समेत पारित हुने अवस्था नभएपछि अध्यादेशबाट बजेट ल्याउन अधिवेशन अन्त्य गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४