Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘वान एक्स बेट’ मा कलाकार पक्राउको असर : केही सिरियल दोहोरिन थाले, कतिपयको स्टक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 2.1K
    SHARES

काठमाडौँ । यतिबेला ५ हास्यकलाकार प्रहरी हिरासतमा छन् । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बूढो), बेगम नेपाली (भटभटे माइला) रहेका छन् । 

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन प्रचारप्रसार गरेको आरोपमा गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूले अनलाइन जुवा प्रचार प्रसारका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाणसमेत फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ परेका कलाकारमध्ये मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर)को टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ मा निकै व्यक्त थिए । पवन खतिवडा (म्याकुरी)को भने ‘ख्याल ठट्टा’ सिरियल प्रसारणमा छ । 

त्यस्तै, बेगम नेपाली (भटभटे माइला) को ‘गाह्रो छ हो’ र सरोज घिमिरे “ढेडो बूढो” सिरियल ‘परिवार’ पनि नियमित प्रसारणमा छ ।

सिरियल केही दोहोरिँदै, केहीको स्टक 

अनलाइन बेटिङ “सट्टेबाजी”को वेबसाइट वानएक्स वेटको प्रचार प्रसार गरेको अभियोगमा पक्राउ परेका कालकारहरूको सिरियल पक्राउ परेको तेस्रो सातासम्म पनि रोकिएको छैन ।

केही सिरियलको पुरानो भाग प्रसारण भइरहेको छ भने केहीको स्टक भाग भएकोले समस्या नपरेको देखिन्छ ।

पक्राउ कलाकार मध्य मरिचमान श्रेष्ठ “बल्छी धुर्वे” र राजु पौडेल “राजु मास्टर”को टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ अहिले पनि प्रसारण जारी छ । दुबै सिरियलका श्रेष्ठ र पौडेल मुख्य कलाकार तथा लेखक निर्देशक पनि हुन् । ‘जुठे’ हिमालय टेलिभिजनबाट र ‘हल्का रमाइलो’ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । 

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले एजेन्सीमार्फत आएकोले सिरियल नियमित रहेको बताए । 

‘हल्का रमाइलो’ पुरानो भाग प्रसारण हुँदै आएको छ भने ‘जुठे’ नयाँ भाग नै प्रसारण भइरहेको छ । ‘जुठे’को ४÷५ भाग स्टक भएकोले प्रसारणमा समस्या नभएको सिरियलका मुख्य कलाकार रवि गिरीले बताए । 

‘जुठे’ले ग्रामीण नेपाली समाजको जातीय विभेदविरुद्ध समानता, सहिष्णुताको कथा प्रस्तुत गर्दै आएको छ ।

सिरियलमा बल्छी ध्रुवे र राजु मास्टरसहित रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, श्रीप्रसाद थापा, राजु कार्की, उज्ज्वल खड्का, युनिशा ढुंगाना, स्वनिका बास्तोला, रुकमिला अधिकारी अनामिका लामिछाने लगायतको अभिनय रहँदै आएको छ ।

त्यस्तै ‘हल्का रमाइलो’ श्रेष्ठ र राजुको अलावा सुलेमान शंकर ‘इकु’ लगायतका कलाकार देखिँदै आएका छन् ।

अर्काे कलाकार पवन खतिवडा “म्याकुरी” अभिनीत सिरियल ‘ख्याल ठट्टा’ प्रसारण भइरहेको छ । सिरियलको केही भाग पहिल्यै छायाङ्कन भएकोले प्रसारणमा समस्या नभएको ‘ख्याल ठट्टा’का निर्देशक नेत्र राउतले बताए ।

सिरियलमा खतिवडाको अलावा रविना सिलवाल ‘खुइली’, राजाराम पौडेल, सन्देश लामिछाने, नेत्र राउत लगायतको अभिनय रहँदै आएको छ ।

खतिवडाको सिरियलको अलावा आफ्नै दि पिके भेनस भन्ने युट्युव छ । जसमा उनी सट भिडियो क्लिप राख्दै आएका छन् । जसमा केही सातादेखि कुनै कन्टेन्ट अपलोड भएको छैन ।

त्यस्तै, सरोज घिमिरे “ढेडो बूढो”को सिरियल ‘परिवार’ पनि अहिले प्रसारण भइरहेको छ । ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलमा घिमिरेको अलावा देशभक्त खनाल, हिउवाला गौतम, घनु जोशी, अस्मिता बस्नेत लगायतको अभिनय रहँदै आएको छ । 

सिरियलका निर्देशक पनि घिमिरे नै हुन् । सिरियल स्टक भएकोले प्रसारणमा समस्या नभएको सिरियलका सम्पादक दुर्लभ श्रेष्ठले बताए । प्रत्येक बुधबार प्रसारण हुँदै आएको सिरियलको अझै तीन भाग स्टक रहेको सम्पादक श्रेष्ठले जानकारी दिए । 

नियमित छायाङ्कनमा ‘खेल कसको’

पक्राउ परेका कलाकारहरूमध्ये बेगम नेपाली “भटभटे माइला”को सिरियल ‘खेल कसको’को भने अहिले पनि नियमित सुटिङ हुँदै आएको छ ।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल छायाङ्कन गर्दै प्रसारण गरिरहेको निर्देशक मनराज श्रेष्ठले बताए । सिरियल स्टक नभएकोले मुख्य कलाकार नेपाली नभएपनि छायाङ्कन गर्ने बाध्यता रहेको निर्देशक श्रेष्ठको भनाई छ ।

‘मुख्य कलाकार नहुँदा धेरै अप्ठ्यारो हुँदो रहेछ’, निर्देशक श्रेष्ठले भने, ‘सिरियल स्टक नभएकोले मिलाएर छायाङ्कन गर्दै प्रसारण गरिरहेका छौ ।’ मुख्य कलाकार नभएको सिरियल प्रसारणपछि दर्शकबाट विभिन्न नराम्रो कमेन्ट आउने गरेको निर्देशक श्रेष्ठले सुनाए ।

नेपालीकै लेखन रहँदै आएको सिरियलमा अहिले युनिटकै सदस्यले मिलाएर लेख्दै आएका छन् । सिरियलमा नेपालीको अलावा रियाशा दाहाल, सुशील पोखरेल, अंशु थापा लगायतको अभिनय रहँदै आएको थियो । अहिले नेपाली बाहेकका कलाकारले अभिनय गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४