Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायक अरिजितकाे कन्सर्टकाे नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.2K
    SHARES

एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहको चण्डीगढ कन्सर्टकाे नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता भएको छ ।

अरिजितले आफ्ना गीतहरूबाट आफ्ना प्रसंशकलाई मोहित पार्छन्। सामाजिक सञ्जालदेखि रियल लाइफसम्म उनलाई र उनको गीतलाई मानिसहरुले निकै मन पराउँछन् । गायन क्षेत्रमा उनको ठूलो फ्यान फलोइङ छ । यसैबीच अरिजितले चण्डीगढमा गर्ने भनिएको कन्सर्ट स्थगित भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार अरिजितले मे २७ को कन्सर्ट स्थगित गरेपछि कार्यक्रम व्यवस्थापनले छिट्टै नयाँ मिति घोषणा गर्ने जनाएको छ । खराब मौसमका कारण यो कन्सर्टको मिति सारिएको बताइएको छ । यसका साथै कार्यक्रमलाई लिएर केही नक्कली प्रचारहरू पनि भइरहेको कारण उजुरी दर्ता गरिएको हो ।

‘ग्रीन हाउस इन्डिया’ नामक इन्स्टाग्राम अकाउन्टले नक्कली पोस्टरमार्फत आफूलाई कन्सर्टको निर्माता दावी गर्दै आफ्नो रेस्टुरेन्टको प्रर्वद्धनका लागि निस्शुल्क टिकट दिने गरेको समाचारमा उल्लेख गरिएको छ ।

उक्त उजुरीलाई लिएर प्रहरीले साइबर क्राइम प्रहरी चौकीमा सेक्टर १७ मा मुद्दा दर्ता गरेको छ । यस मामिलामा भारतीय दण्ड संहिताको धारा ४१९, ४२० (धोखा) र १२० बी (आपराधिक षड्यन्त्र) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४