काठमाडौँ । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने बताएका छन् ।
उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन् ।
उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने बताएका छन् ।
‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरु । तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं,’ मुख्यमन्त्री यादवले भनेका छन् ।
