Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय सभा निर्वाचन : मधेसबाट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १२ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । मधेसमा राष्ट्रियसभाको ४ वटा पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवारहरु विजयी भएको छन् ।

गठबन्धनका उम्मेदवारहरु अन्य तर्फ महन्थ ठाकुर, अल्प संख्यक तर्फ रंजित कर्ण, दलित तर्फ धर्मेन्द्र पासवान र महिला तर्फ रेखा झा विजयी भएका छन् ।

अन्य तर्फ जसपा नेपालबाट उम्मेदवारी दिएका ठाकुरले ७ हजार ७२५ मतभार पाएर विजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण पौडेल १ हजार ८ सय ५ मतभार मात्रै पाउन सके । अन्य तर्फको मतदानमा ३१५ मतभार बदर भएको थियो ।

त्यस्तै अल्प संख्यक तर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रंजित कर्णले ८ हजार ९३ मतभार ल्याएर विजयी भएका हुन् ।

नेकपाका उम्मेदवार रामानन्दन प्रसादले १ हजार ३६१ मतभा ल्याउन सके । उम्मेदवारी निश्किृय पार्ने सहमति भएको जसपा नेपालका उम्मेदवार शैलेशकुमार चौधरीले समेत २ सय ७७ मतभार ल्याए । अल्पसंख्यक तर्फ १ सय १४ मतभार बदर भएको थियो ।

त्यस्तै दलित तर्फ नेपाली कांग्रेसका उम्मेदवार धर्मेन्द्र पासवान ७ हजार ९ सय ४ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार शम्भु पासवानले १ हजार ३ सय ७६ मतभार ल्याउन सके भने जसपा नेपालका उम्मेदवार चमेलीदेवी दासले २ सय ९ मतभार ल्याइन् । दलित तर्फ १ सय ८६ मतभार बदर भएको थियो ।

महिला तर्फ एमालेका उम्मेदवार रेखा झा ७ हजार २सय २२ मतभार ल्याएर विजयी भएका हुन् । नेकपाका उम्मेदवार १ हजार ९ सय ४४ मतभार मात्रै ल्याउन सके । जसपा नेपालका उम्मेदवार चन्द्रकला देवी साहले समेत ३सय २२ मतभार पाएकी थिइन् । महिला तर्फ ३ सय ५७ मतभार बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४