Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ नेतृत्वका लागि प्रहरीका पाँच उच्च अधिकारी मैदानमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । यही महिनाको दोस्रो साता नेपाल प्रहरीले अर्को नेतृत्व पाउँदै छ । तीन दशकअघि राजनीतिक नेतृत्वले आफ्नो रोजाइमा संगठन प्रमुख बनाउने क्रम सुरु भएपछि त्यसयताका अधिकांश आईजीपी राजनीतिक दाउपेचको शिकार बन्ने गरेका छन् । केही दिनअघि सरकारले पाँच डीआईजी एआईजीमा पदोन्नति गरेपछि तिनैमध्येका एक भाग्यशालीले प्रमुख हुने सौभाग्य पाउने छन् । त्यो भाग्यशाली राजनीतिक नेतृत्वकै तजवीजमा भर पर्ने निश्चित छ ।

रिक्त पाँच अतिरिक्त महानिरीक्षकका लागि नायब महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिस गर्‍यो । ११ चैतदेखि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अकाश पाउने भएपछि एआईजीबाट आईजीपी नियुक्ति प्रयोजनका लागि गृह मन्त्रायलले बढुवा गरेको हो ।

यद्यपि प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेबारे भने गृहकार्य भइरहेको छ । ३० वर्षे सेवा अवधि कायमै रहे हाल एआईजीमा बढुवा सिफारिस भएका कुँवर, राई, थापा, ज्ञवाली र बज्राचार्यमध्येबाट एक जना एआईजीको दज्र्यानी चिन्ह लगाएको एक साताभित्रै आईजीपी बन्ने छन् ।

हाल बढुवा सिफारिस कुँवर मधेस प्रदेश, राई लुम्बिनी, थापा बागमती, ज्ञवाली कोशी र बज्राचार्य प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुखका रूपमा कार्यरत छन् । २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरूसँगै ८ असारमा १७ जना एकैसाथ एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । तर, उनीहरूले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै आईजीपी बन्ने दौडमा पुगेका हुन् ।

सरकारलाई पाँच जनामध्ये आफूलाई उपयुक्त लागेको पात्रलाई आईजीपी बनाउन पाउने सुविधा छ । यसरी प्रधानमन्त्रीले आफू अनुकुल निकट्को ब्यक्तिलाइ छान्दा सरकारको कठपुतली बन्न बाध्य हुन सक्ने हुँदा संगठनमाथि नकारात्मक असर पर्न सक्ने प्रहरी अधिकारीहरुको भनाइ छ । अहिले बन्ने आईजीपीको प्रतिस्पर्धामा पहिलो पटक महिला एआईजी नाम आएको छ ।

यसअघि एआईजी पूजा सिंह बढुवा भए पनि आईजीपीको प्रतिस्पर्धी बन्न सक्नुभएको थिएन । त्यस्तै, पूर्वडीआईजी पार्वती थापासमेत एआईजी हुन नपाउँदा प्रतिस्पर्धाबाट बाहिरिनुभएको थियो । हाल बढुवा सिफारिस भएकी किरण वज्राचार्य भने आईजीपीको प्रतिस्पर्धामा पहिलो महिला हो । पूजा सिंहपछि प्रहरीको एआईजीमा बढुवा हुने उनी दोस्रो महिलाको इतिहास बनेको छ । उहाँसँगै डीआईजीमा बढुवा भएका उहाँकै ब्याचीहरू मीरा चौधरी, दुर्गा सिंह र किरण राणा पछि पर्नुभएको छ ।

चैत ११ मा आईजीपी सिंहले अवकाश पाउँदा प्रहरीमा फेरि ४ एआईजीको दरबन्दी रिक्त हुनेछ । सिंहकै ब्याची एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र डिआइजीमा मसाउद आलम खा, मोहन प्रसाद आचार्य र नल प्रसाद उपाध्यायले अवकाश पाउने छन् । रिक्त हुने चार एआईजीका लागि डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीम ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४