काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ ।
निर्वाचन अधिकृत महेश शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् ।

निर्वाचन अधिकृत महेश शर्मा भन्छन्, ‘४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी छ ।









