Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । निर्देशक दिनेश राउतले आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् ।

शीर्षक तय भइनसकेको फिल्ममा उनले गायकसमेत रहेका स्वप्न सुमनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । संगीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । टिनएजर्सलाई लक्षित गर्दै उनले गीत रिलिज गर्ने गरेकी छन् ।

यी दुई ननएक्टरलाई लिएर निर्देशक राउतले अभिनयको कार्यशाला चलाइरहेका छन् । जीवन थापा निर्माता रहेको फिल्मलाई उपकरण क्षेत्रसँग सम्बन्धित कम्पनी मल्टी मेटको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

निर्देशक राउतले बिहीबार शीर्ष कलाकारलाई लिएर तस्वीर सार्वजनिक गरेका छन् । प्रकाश फेम्ड निर्देशक राउतको यो फिल्मले सहरी मानिसको आदर्श र ढोंगीपनबारेको कथा भन्छ । विकास सुवेदीले फिल्म लेखिरहेका छन् ।

वैशाखदेखि छायांकन सुरु हुने तयारी गरिएको यो फिल्मपछि निर्देशक राउत शहीद गंगालाल श्रेष्ठबारेको फिल्म निर्देशनको तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४