Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रोलरको निशानामा अक्षय कुमार : भारतको नक्सामा हिँडेपछि माफी माग्न माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २४ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार ट्रोलको निशानामा परेका छन् ।

वास्तवमा अक्षयले हालै सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा पृथ्वीमाथि हिँडेको दृश्यमा उनले भारतमाथि पनि पाइला टेकेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमान भएको बताउँदै ट्रोल गरिरहेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अक्षयले कतार एयरवेजको प्रचार सामग्रीको भिडियो शेयर गरेका थिए । जहाँ उनी पृथ्वीमाथि हिँडेका हुन्छन् । कतार एयरवेजको प्रायोजनमा आउँदो मार्चमा उत्तर अमेरिकी देशमा हुन गइरहेको महोत्सवको प्रचार सामग्रीमा उनले आफूहरू शत प्रतिशत मनोरञ्जन लिएर त्यता आउने उल्लेख गरेका छन् ।

पृथ्वीमाथि हिँड्नु नर्थ अमेरिका को यात्रालाई साङ्केतिकरूपमा देखाउन खोजिएको हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई देशको अपमानसँग जोडेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अक्षय क्यानेडियन नागरिक भएकाले उनले भारतको सम्मान नगरेको उनीहरूको तर्क छ । यस्तो कार्यको लागि अक्षयले भारतीयहरूसँग माफी माग्नुपर्छ समेत भनेका छन् । भिडियोमा अक्षयसँगै नोरा फतेही, दिशा पटानी, मोनी रायलगायत पनि छन् । तर, सामाजिक सञ्जालमा ट्रोलको निशानामा भने अक्षय मात्रै छन् ।

अक्षय यसअघि पनि पटकपटक यस्ता विवादमा फसेका छन् । केही महिनाअघि अक्षयले सडक सुरक्षाका विषयमा गरेको एउटा भिडियो विज्ञापनको चर्को आलोचना भएको थियो । यस विज्ञापनमा पुलिस अफिसर बनेका अक्षयले छोरीको विदाईका बेला ६ एयरब्यागसहितको कारको फाइदाहरू बताउँदैछन् । यो भिडियो हेरेपछि सामाजिक सञ्जालमा मानिसहरुले अक्षयले दाइजोको समर्थन गरेको भन्दै आलोचना गरेका थिए ।

अक्षयको आगामी फिल्मको बारेमा कुरा गर्दा, उनी ‘सेल्फी’ मा देखिनेछन् । उक्त फिल्म २४ फेब्रुअरीमा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४