Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने रेजिना उप्रेतीकाे घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २५ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उप्रेतीले आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने जानकारी गराएकी हुन् । आफू निर्वाचित भए संघलाई क्रियाशील र रचनात्मक बनाउने उनले दावी गरेकी छन् ।

चलचित्र क्षेत्रमा आफू २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको तर्क छ । अभिनेत्री उप्रेतीले अध्यक्षको जिम्मेवारी पाएपछि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थाको प्रगतिको लाग्ने बताएकी छन्।

करिब ४५ वटा चलचित्रमा अभिनय गरेकी अभिनेत्री उप्रेतीले ‘इतिहास’ चलचित्रबाट अभिनय करिअर थालेकी थिइन् । उनको पछिल्लो चलचित्र ‘भाग्यले जुरायो’ नाम दिएकाे दुई वर्ष अघि सार्वजनिक भएको थियो ।

यसैबीच, कलाकार संघको आगामी महाधिवेशनमा अभिनेता सविन श्रेष्ठले समेत अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४