Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म छायांकनको क्रममा घाइते भए निर्देशक रोहित शेट्टी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २४ २०७९
  • 3.1K
    SHARES

एजेन्सी । भारतीय फिल्म निर्देशक रोहित शेट्टी शनिबार वेब सिरिज छायांकनको क्रममा घाइते भएका छन् ।

हैदराबादको प्रसिद्ध रामोजी फिल्म सिटीमा उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को छायांकन गरिरहेका थिए । कार सिक्वेन्सको छायांकनका ​​क्रममा उनको हातमा चोट लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

निर्माण टिमले उनलाई हैदराबादको कमिनेनी अस्पतालमा भर्ना गरेको थियो । पछि चिकित्सकको टोलीले उनको हातको सानो शल्यक्रिया गरेको थियो ।

यसबारे रोहित शेट्टीका प्रवक्ताले आधिकारिक बयान जारी गर्दै भनेका छन्, ‘रोहित शुक्रबार राति आफ्नो आगामी वेब ‘सिरिज इन्डियन पुलिस फोर्स’को एक्सन दृश्य (सीन) छायांकन गरिरहेका थिए । यस क्रममा उनको औँलामा सामान्य चोट लागेको छ । चोटको तत्काल उपचार गरेपछि उनले फेरि छायांकन सुरु गरेका छन् ।’

‘इंडियन पुलिस फोर्स’ रोहितद्वारा निर्देशित एक मेगा बजेट वेबसिरिज हो । उनले पहिलो पटक वेब सिरिज निर्देशन गर्दैछन् । यस सिरिजमा सिद्धार्थ मल्होत्रा, शिल्पा शेट्टी र विवेक ओबेरोयको अभिनय रहेको छ ।

यो ओटीटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४