Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवाजुद्दीन हलिउड फिल्ममा डेब्यू गर्दै, जति पैसा दिए पनि सानो भूमिकामा काम नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २० २०७९
  • 2.2K
    SHARES

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले हलिउड फिल्ममा डेब्यू गर्न लागेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिद्दीकी अमेरिकी फिल्म लक्ष्मण लोपेजमा देखिने भएका छन् । रोबर्टो जिराल्टले निर्देशन गर्ने यो फिल्ममा सिद्दीकी मुख्य भूमिकामा रहेका छन् ।

सिद्दीकीले आफूलाई मुख्य भूमिकाको लागि प्रस्ताव नआएसम्म विदेशी फिल्ममा काम नगर्ने वाचा गरेको बताएका थिए। आफ्नो करियरको बारेमा कुरा गर्दै, सिद्दीकीले भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा उक्त कुराको खुलासा गरेका हुन् । उनले चाहे जतिसुकै पैसा किन नहोस् तर, सानो भूमिका काम नगर्ने बताएका थिए ।

करियरको बारेमा कुरा गर्दै सिद्दिकीले अन्तर्वातामा भनेका छन्, ‘अब तपाइले मलाई २५ करोड भारतीय रुपैयाँ दिनुभयो भने पनि म सानो भूमिकामा काम गर्दिन । यो उद्योगमा मेरो करियरमा मैले धेरै फिल्ममा काम गरेको छु । मैले स–साना भूमिकामा पनि काम गरेको छु । तर, अब जती नै पैसा दिए पनि म सानो भूमिका गर्दिन ।’

सिद्दिकीले थपे, ‘मलाई लाग्छ पैसा र प्रतिष्ठा तपाईको कामको हिस्सा हो । राम्रो काम गरिरहनु भयो भने धन र प्रतिष्ठाले पछ्याउनेछ। यदि तपाईं धन र प्रतिष्ठा को पछि लाग्नुभयो भने, तपाइले कहिल्यै त्यसलाई फेला पार्नु हुने छैन। त्यसैले राम्रो काम जारी राख्नुहोस्। पैसा र प्रसिद्धि तपाईंको गुलाम बनेर पछि दौडिने छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४