Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाकाे वास्ताविक सूचना दिन चीनसँग डब्लूएचओको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १६ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीकाे बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।

डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी गरेको भन्दै यसबारे पर्याप्त जानकारी दिन आग्रह गरेको हो । डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि जारी गरेका विभिन्न प्रतिबन्धहरु खुकुलो पारेसँगै चीनमा कोरोना महामारी संक्रमणको दर ह्वात्तै बढेको भन्दै डब्लूएचओले चिन्ता समेत व्यक्त गरेको छ । विभिन्न मुलुकले चीनबाट आउने मानिसहरुमाथि चेकजाँच गर्न थालेसँगै कोरोना महामारी फेरी आउनेमा आशंका फैलिएको डब्लूएचओले जनाएकाे छ । जसका कारण चीनलाई बेलैमा सहि सूचना प्रवाह गर्न डब्लूएचओले अपील समेत गरेको छ । डब्लूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदानप्रदान भए महामारी नियन्त्रण सहज हुने अपेक्षा रहेको समेत जनाएको छ ।

अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानलगायतका मुलुकले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षणलाई अनिवार्य गरिसकेका छन् । चीनले दैनिक ५ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको आंकडा प्रस्तुत गरेपनि त्यो संख्या वास्तविक नभएको डब्लूएचओले दावी गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४