Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा कोरोना फैलियो, तर नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन : डा. पुन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १४ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ ।

ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी चीन, भारतलगायत ९० भन्दा बढी देशमा फैलिएको छ । हालसम्म पुष्टि भएका संक्रमितमा हल्का ज्वरो, खोकी, बान्ता, झाडापखाला र घाँटी दुखाइजस्ता लक्षण देखिएको विज्ञहरु बताउँछन् ।

खासगरी उत्तरी चीनमा कोरोनाको कारण कतिपय सहरमा लकडाउन नै गर्नुपरेको खबरपछि जनमानसमा चिन्ता बढ्न थालेको छ, ‘फेरि कोरोनाले दुःख दिने त होइन ?’

हामी यही प्रश्न लिएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनकहाँ पुग्यौं । हामीसँगको कुराकानीमा डा. पुनले सुरुमै प्रष्ट पारे, ‘नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन ।

  • नेपालमा डर छैन

कोभिडविरुद्ध खोप धेरैले लगाइसकेका र शरीरमा त्यही अनुरुप एन्टिबडी बनेकाले विगतमा जस्तो अत्तालिनुपर्ने अवस्था नभएको डा. पुन बताउँछन् ।

ओमिक्रोनको १७ औं उपप्रजाति  नेपालमै घुमिरहँदा पनि दशैं, तिहार, छठ र चुनावको भीडभाडमा कोरोना फैलिएको पाइएन,’ डा. पुनले भने, ‘अहिले तुरुन्तै यसको संक्रमण फैलिने डर छैन ।’ चीनमा कोरोनाको नयाँ भेरियन्ट बढेको खबर आए पनि त्यसको असर नेपालमा अहिलेसम्म नदेखिएको उनको भनाइ छ ।

यद्यपि भारतमा संक्रमण बढ्नासाथ त्यसको सोझै प्रभाव नेपालमा पर्ने डा. पुन बताउँछन् । ‘खुला सीमाको कारण भारतमा संक्रमण फैलिनु भनेको हाम्रो लागि खतराको घण्टी हो,’ उनी थप्छन्, ‘त्यसैले भारतमा स्थिति गम्भीर बन्नुअघि नै हामीले उच्च सर्तकता अपनाउनुपर्छ ।’

  • सतर्कता भने जरुरी

कोभिड-१९ का प्रजातिले आफ्नो स्वरुप बदलिरहने हुँदा सधै ढुक्क हुन नसकिने उनी बताउँछन् । त्यसैले सर्तकता अपनाएर स्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी छ ।

‘चीनमा कोभिडको शून्य नीति लागू भइसक्दा पनि नयाँ नयाँ प्रजाति फैलिनुको कारण स्पष्ट रुपमा आउन सकेको छैन,’ डा. पुन भन्छन्, ‘बीएफ–७ युरोपेली देशहरुमा पहिलेदेखि नै फैलिए पनि चीनमा जस्तो अन्य देशमा प्रभाव पारेको छैन ।

चीनमा संक्रमितको मृत्यु भइरहेको खबर आइरहेको छ । ‘तर वास्तविकता के हो भन्ने कुराहरु उजागर भई नसकेकाले विश्लेषण गर्न कठिन छ,’ उनी भन्छन् ।

विगतलाई हेर्दा खोप नपाएका र ज्येष्ठ नागरिकलाई मात्र गम्भीर समस्या देखिएको पाइन्छ ।  चीनले कोभिड खोप आफ्नो देशबाहेक अन्य देशको नलगाएकै कारण पनि कोभिड संक्रमणको घटना बढिरहेको हुनसक्ने उनको अनुमान छ ।

  • के छ नेपालमा कोभिडको अवस्था ?

नेपालमा कोभिड-१९ को अवस्था सामान्य रहेको डा. पुनको भनाइ छ । अहिले अस्पताल नै भर्ना हुने गरी गम्भीर संक्रमण नदेखिएको र दैनिक ३-४ जनामा मात्र संक्रमण पुष्टि भइरहेको डा. पुन बताउँछन् ।

नेपालमा ओमिक्रोनबाट सबैभन्दा बढी खोप नलगाएका, दीर्घरोगी र वृद्धाहरुको मृत्यु भएको थियो । खोप नलगाएका वा पूरा डोज नलगाएका व्यक्ति र ज्येष्ठ नागरिकहरुले ओमिक्रोनको परिवर्तन भइराख्ने स्वरूपबाट खतरा हुने भएकाले सतर्कता अपनाउनु जरुरी हुने डा. पुन बताउँछन् । ओमिक्रोनले नियमित स्वरूप दलिरहने भएको कुनै पनि बेलामा खोप नलगाएका ज्येष्ठ नागरिकलाई दुःख दिन सक्ने हुँदा बुस्टर खोप नलगाएकालाई खोप लगाउन उनको आग्रह छ ।

त्यस्तै, मास्क सधैंभर लगाइराख्नुपर्ने अवस्था त नहोला । तर सम्भावित जोखिमबाट बच्न मास्क एकदमै उपयोगी छ । सार्वजनिक स्थलमा जाँदा कोभिड संक्रमणबाट मात्र बच्न नभएर श्वासप्रश्वास सम्बन्धी रोगबाट पनि बच्न सकिने डा. पुन बताउँछन् ।

कोभिड-१९ को संक्रमणको जोखिम फरक स्वरूपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एकअर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन सूचना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४