Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका र क्यानडामा चिसोका कारण १९ जनाको मृत्यु, २५ करोड मानिस प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।

अमेरिका र क्यानडामा करिब २५ करोड मानिस चिसाको चपेटामा परेका हुन् । क्रिसमसको बेला उर्जा आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । हजाराैं उडानहरु रद्द हुँदा मानिसहरु क्रिसमस मनाउन घर जानबाट बञ्चित भएका छन् ।

आर्टिक उपमहादीपबाट आएको चिसो आँधी टेक्ससदेखि कुबेकसम्म ३२ किलोमिटरको दूरीसम्म पुगेको छ । अमेरिकाका मिनेसोटा, आयोवा, विन्कोन्सिन, मिचिगन, बफेलो र न्युयोर्क लगायतका राज्यहरुमा जताततै सेताम्य अवस्था रहेको र शून्य भिजिविलिटी रहेको जनाइएको छ । त्यस्तै ब्रिटिस कोलम्वियादेखि न्युफाउण्डल्याण्डसम्म चिसोकाे कहर रहको छ ।

ति क्षेत्रहरुमा तापक्रम ४५ डिग्री सेल्सियससम्म झरेको छ । साउथ ड्याकोटामा रैथाने मानिसहरुले तातोका लागि लुगा बालेको जनाइएको छ । चिसोसँगै तटीय राज्यहरुमा समुद्री आँधी पनि उत्पन्न भइरहेको छ । न्युइङ्ल्याण्ड, न्युयोर्क, न्युजर्सीमा आँधीको प्रभाव देखिएको हो ।

तुलनात्मक रुपमा गर्मी र घाम लाग्ने राज्यहरु लुजियाना, फ्लोरिडा, एलाबामा र जर्जियामा समेत कठ्याङ्ग्रिने चिसो रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४