Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २५ २०७९
  • 1.7K
    SHARES

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।

योसँगै ‘दृश्यम २’ को अघि धेरै कमाइ गर्नेमा फिल्म ‘तानाजी’ र ‘गोलमाल अगेन’ छन् । यदि ‘दृश्यम २’ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै ‘गोलमाल अगेन’ को लाइफटाइम कलेक्सनलाई पछाडि पार्ने छ । यसअघि २०२० मा फिल्म ‘तानाजी द अनसंग वारियर’ ले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो भने २०१७ मा आएको उनको फिल्म ‘गोलमाल अगेन’ ले २०५.६९ करोड कलेक्सन गरेको थियो ।

‘दृश्यम २’ को बजेट करिब ६० करोड थियो । फिल्मले मात्र तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो । अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४