Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुशान्तको निधनपछि रियाको जीवनमा नयाँ व्यक्तिको प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २३ २०७९
  • 3.3K
    SHARES

एजेन्सी । दिवंगत भारतीय अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीको जीवनमा नयाँ व्यक्तिको प्रवेश भएको छ ।

भारतीय सञ्चार माध्यामका अनुसार रिया खेलकुद व्यवस्थापन कम्पनीका मालिक बंटी सजदेहसँग डेट गरिरहेकी हुन् । सुशान्तको निधन भएपछि रियाले धेरै कठिनाइको सामना गर्नुपरेको थियो । पछिल्लो दुई वर्षपछि रियाको जीवनमा फेरी खुशी आएको छ । यद्यपि बंटी र रिया आफ्नो प्रेम सम्बन्ध गोप्य राख्न चाहन्छन् । बंटी सोहेल खानको पूर्वपत्नीको भाइ पनि हुन् ।

बंटी खेलकुद व्यवस्थापन कम्पनीका सीईओ हुन्। उनको फर्मको मुख्य काम खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको व्यावसायिक प्रतिबद्धताहरू अनुसार व्यवस्थापन गर्नु हो । उनका ग्राहकहरूमा विराट कोहली, रोहित शर्मा, शिखर धवन र युवराज सिंह जस्ता केही ठूला व्यक्तिहरू समावेश भएका छन्।

यस बाहेक बंटीले ट्यालेन्ट व्यवस्थापन कम्पनी पनि चलाउँछन् । उनी प्रायः क्रिकेटर र बलिउड सेलिब्रेटीहरुसँग समेत पार्टी गरिरहेको देखिन्छन् । रिया भन्दा पहिले उनको नाम सोनाक्षी सिन्हा र सुस्मिता सेनसँग पनि जोडिएको थियो ।

सुशान्तले आत्महत्या गरेपछि उनको परिवारका सदस्यले रियाले सुशान्तलाई मानसिक रूपमा उत्पीडन गरेको आरोप लगाएका थिए । सुशान्तको निधनमा रियाको केही भूमिका रहेको परिवारको विश्वास थियो । यसबाहेक रियामाथि सुशान्तलाई ड्रग्स दिएको आरोप समेत लागेको थियो ।

साेही अवधिमा रिया र उनका भाइ शौभिक पनि एक महिना जेल बस्नु परेको थियो । तर सुशान्तको निधनको अनुसन्धानका क्रममा उनको निधनमा रिया विरुद्ध भने कुनै प्रमाण भेटिएको छैन् ।

रियाले सन् २०१२ को तेलुगु फिल्म ‘तुनेगा टुनेगा’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले ‘मेरे पिता की मारुती’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सोनाली केबल, जलेबी जस्ता फिल्ममा अभिनय गरेपनि उनको कामलाई दर्शकले भने रुचाएका थिएनन् ।

रिया सुशान्तसँगको सम्बन्धका कारण चर्चामा समेत आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४