Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“एमालेका शक्तिशाली पदाधिकारी हारे, कांग्रेसलाई कम क्षति “माओवादी र नेकपा एसका धेरै पदाधिकारी प्रतिस्पर्धा बाहिर”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 2.8K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावको मतगणना सकिने क्रममा छ । प्रतिनिधिसभातर्फ अब परिणाम आउन ३८ निर्वाचन क्षेत्रको मात्र बाँकी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत प्रमुख शक्तिका रुपमा रहेका छन् । नयाँ शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ ।

चुनावी प्रतिस्पर्धामा गएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका धैरै पदाधिकारी निर्वाचित भएका छन् भने केही पराजित पनि । ती सबै पार्टीका अध्यक्ष भने निर्वाचित भएका छन् ।

यो समाचार तयार पार्दासम्म एमाले, कांग्रेस र माओवादी केन्द्रका ५/५ पदाधिकारीले चुनाव जितेका छन् । एकीकृत समाजवादीका चार जनाले चुनाव जितेका छन् ।

पराजित हुनेमा भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी भन्दा एमालेका पदाधिकारी धेरै छन् । एमालेका ५, कांग्रेसका ३, माओवादीका २ र एकीकृत समाजवादीका १ पदाधिकारीको चुनावी नतिजा आउन बाँकी छ ।

एमालेका शक्तिशाली पदाधिकारी पराजित

यो निर्वाचनमा एमालेका भावी नेतृत्वका रुपमा हेरिएका र पार्टीभित्र प्रभाव राख्ने शक्तिशाली पदाधिकारीहरु पराजित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट पराजित भएका छन् । यी सबै एमाले अध्यक्ष केपी शर्मा ओलीको टिमभित्र प्रभाव राख्ने नेताहरु मानिन्छन् ।

प्रभावशाली उपाध्यक्षहरु सुवास नेम्वाङ, विष्णु पौडेल तथा सचिवहरु छविलाल विश्वकर्मा र पद्मा अर्यालको चुनावी फैसला हुन बाँकी छ । यो समाचार तयार पार्दासम्म नेम्वाङ, पौडेल र विश्वकर्माले अग्रता लिइरहेका छन् । अर्यालको क्षेत्रमा मतगणना नै हुन सकेको छैन ।

उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल तथा उपमहासचिव विष्णु रिमालले भने चुनावी प्रतिस्पर्धामा भाग लिएनन् ।

कांग्रेसलाई कम क्षति

प्रभावशाली पदाधिकारी जोगाउन भने नेपाली कांग्रेस सफल भएको छ । नेपाली कांग्रेसका उपसभापतिद्वयमध्ये पूर्णबहादुर खड्का विजयी भइसकेका छन् । अर्का सभापति धनराज गुरुङको क्षेत्रमा मतगणना हुन बाँकी छ ।

एमाले र माओवादीका महासचिव पराजित हुँदा नेपाली कांग्रेसका दुई शक्तिशाली महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले चुनाव जितेका छन् । त्यस्तै सहमहामन्त्रीहरुमा किशोरसिंह राठोर निर्वाचित भएका छन् । तीन सहमहामन्त्री भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ र उमाकान्त चौधरी भने पराजित भएका छन् ।

दुई सहमहामन्त्री महेन्द्र यादव र बद्री पाण्डेको नतिजा आउन बाँकी छ । यादवले धनुषा–४ मा अग्रता लिइरहेका छन् भने पाण्डेका क्षेत्र बाजुरामा विवादका कारण मतदान नै बाँकी छ । सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्ला मन्सुर भने चुनावमै गएनन् । उनीहरु नेपाली कांग्रेसको समानुपातिक सूचीमा समेटिएका छन् ।

माओवादीका महासचिव, एकीकृत समाजवादीका उपमहासचिव पराजित

माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव पम्फा भुसाल र सचिव चक्रपाणि खनाल पराजित भएका छन् । उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत निर्वाचित भएका छन् । उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मातृका यादवको नतिजा आउन बाँकी छ । यो समाचार तयार पर्दासम्म पोखरेलले अग्रता लिइरहेका छन् भने यादव पछाडि परेका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा र सचिव रामकुमारी झाँक्री पराजित भएका छन् । उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव प्रकाश ज्वाला निर्वाचित भएका छन् । त्यस्तै सचिव राजेन्द्रकुमार राई भोजपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको भने अन्तिम नतिजा आउन बाँकी छ । यो समाचार तयार पर्दासम्म उनी इलाम–१ मा नेकपा एमालेका महेश बस्नेतभन्दा पछाडि परेका छन् ।

माओवादी र एकीकृत समाजवादीका धेरै पदाधिकारी प्रतिस्पर्धा बाहिर

केही पदाधिकारीले जिते पनि माओवादी केन्द्र र एकीकृत समाजवादीका धेरै पदाधिकारी भने चुनावी मैदानमै उत्रिएनन् ।

एमालेका ४ र कांग्रेसका २ पदाधिकारीले चुनावमा भाग नलिंदा माओवादी केन्द्रका ११ जना पदाधिकारी प्रतिस्पर्धा बाहिर रहे । त्यस्तै एकीकृत समाजवादीका ८ जना पदाधिकारी प्रतिस्पर्धामा उत्रिएनन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य छन् भने उपाध्यक्ष कृष्णबहादुर महराले चुनावमा जाने इच्छा नै देखाएनन् । उपमहासचिव हरिबोल गजुरेलले टिकट नै पाएनन् भने सचिव हितराज पाण्डे समानुपातिकमा छन् ।

सचिवहरु दीनानाथ शर्मा, लीलामणि पोखरेल, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य प्रतिस्पर्धामै गएनन् । त्यस्तै कोषाध्यक्ष श्रीराम ढकाल पनि चुनावी प्रतिस्पर्धामा गएनन् ।

एकीकृत समाजवादीकी उपाध्यक्ष जयन्ती राई राष्ट्रियसभा सदस्य छिन् । उपाध्यक्षहरु प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने र केशवलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा गएनन् । त्यस्तै महासचिव बेदुराम भुसाल तथा उपमहासचिवद्वय विजय पौडेल र गंगालाल तुलाधर प्रतिस्पर्धामै गएनन् । सचिव नागेन्द्र चौधरीले पनि चुनाव लडेनन् ।

नेकपा एमालेका पदाधिकारी

जसले जिते (५)

केपी शर्मा ओली

पृथ्वीसुब्बा गुरुङ

टोपबहादुर रायमाझी

गोकर्ण बिष्ट

योगेश भट्टराई

जो पराजित भए (५)

ईश्वर पोखरेल

सुरेन्द्र पाण्डे

शंकर पोखरेल

प्रदीप ज्ञवाली

लेखराज भट्ट

नतिजा आउन बाँकी (५)

सुवास नेम्वाङ

विष्णु पौडेल

पद्मा अर्याल

रघुवीर महासेठ

छविलाल विश्वकर्मा

जो चुनाव लडेनन् (४)

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

रामबहादुर थापा

विष्णु रिमाल

नेपाली कांग्रेसका पदाधिकारी

जसले जिते (५)

शेरबहादुर देउवा

पूर्णबहादुर खड्का

विश्वप्रकाश शर्मा

गगन थापा

किशोरसिंह राठौर

जसले हारे (३)

भीष्मराज आङ्देम्बे

महालक्ष्मी उपाध्याय ‘डिना’

उमाकान्त चौधरी

परिणाम आउन बाँकी (३)

धनराज गुरुङ

महेन्द्र यादव

बद्री पाण्डे

जो प्रत्यक्ष चुनाव लडेनन् (२)

जीवन परियार

फरमुल्ला मन्सुर

माओवादी केन्द्रका पदाधिकारी

जसले जिते (५)

पुष्पकमल दाहाल ‘प्रचण्ड’

जनार्दन शर्मा

वर्षमान पुन

शक्ति बस्नेत

देवेन्द्र पौडेल

जसले हारे (३)

देव गुरुङ

पम्फा भुसाल

चक्रपाणि खनाल

परिणाम आउन बाँकी (२)

गिरिराजमणि पोखरेल

मातृका यादव

जो चुनाव लडेनन् (११)

नारायणकाजी श्रेष्ठ (राष्ट्रियसभा सदस्य)

कृष्णबहादुर महरा

हरिबोल गजुरेल

गणेश साह

दीनानाथ शर्मा

लीलामणि पोखरेल

हितराज पाण्डे

हितमान शाक्य

राम कार्की

डिलाराम आचार्य

श्रीराम ढकाल

एकीकृत समाजवादी

जसले जिते (४)

माधवकुमार नेपाल

राजेन्द्र पाण्डे

प्रकाश ज्वाला

राजेन्द्र राई

जसले हारे (३)

धर्मनाथप्रसाद साह

जगन्नाथ खतिवडा

रामकुमारी झाँक्री

परिणाम आउन बाँकी (१)

झलनाथ खनाल

जसले चुनाव लडेनन् (८)

प्रमेश हमाल

घनेन्द्र बस्नेत

केदार न्यौपाने

केशवलाल श्रेष्ठ

जयन्ती राई (राष्ट्रियसभा सदस्य)

वेदुराम भुसाल

विजय पौडेल

गंगालाल तुलाधर

नागेन्द्र चौधरी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४