काठमाडौं । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई झिनो मत प्राप्त भइरहेको छ । समानुपातिकतर्फको पछिल्लो मतगणनाको परिणामअनुसार एमाले कांग्रेस, माओवादी केन्द्रलगायतका दलभन्दा अघि छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा समानुपातिकतर्फ ३७ हजार १५६ मत खसेकामा एमालेलाई १४ हजार ५५ मत प्राप्त भएको छ ।
समानुपातिकमा कांग्रेसलाई १० हजार १७४, माओवादी केन्द्रलाई ६ हजार ६२२, जसपालाई एक हजार ११२, एकीकृत समाजवादीको एक हजार ५९१ मत प्राप्त भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ६१८ मत पाएको छ ।
जिल्लामा साना तथा ठूला गरी ४७ दललाई समानुपातिक मत गएको छ । कतिपय दलले एक मत पनि पाएका छन् । शुक्रबार दिउँसो २ बजेसम्ममा दुई हजार दुई मत बदर भएको पाइएको छ । राप्रपाको ३०७, राष्ट्रिय जनमोर्चाको २८, नेपाल मजदुर किसान पार्टीको ५९, लोकतान्त्रिक समाजवादी पार्टीको १७, जनमत पार्टीको १९, मौलिक जरोकिलो पार्टीको १, नेपाल समावेसी पार्टीको २९, हाम्रो नेपाली पार्टीको २४, जनता प्रगतिशीलको सात, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको पाँच, राष्ट्रिय नागरिक पार्टीको एक मत आएको छ ।
नागरिक उन्मुक्ती पार्टीलाई चार, नेपालका लागि नेपाली पार्टीलाई १२, राप्रपा नेपाललाई चार, मितेरी पार्टी नेपाललाई दुई, बहुजन एकता पार्टी नेपाललाई सात, नेपाल कम्यूनिष्ट पार्टी ९माक्सवादी लेनिनवादी०लाई १२१, मंगोल नेशनल अर्गनाइजेसनलाई ३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई ८, नेश्नलिष्ट पिपुल्स पार्टीलाई ६, नेपाल लोकतान्त्रिक पार्टीलाई ३, राष्ट्रिय जनमुक्ति पार्टीलाई ३, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)लाई ५, नेपाली कांग्रेस (बीपी)लाई ७, तराई मधेस लोकतान्त्रिक पार्टीलाई ११ मत गएको छ ।
नेपाल जनता पार्टीलाई ३, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट))लाई १७, पिछडावर्ग निषाद दलित जनजाति पार्टीलाई ३, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनलाई आठ, नेपाल कम्युनिष्ट पार्टीलाई ५, बहुजन शक्ति पार्टीलाई १, विवेकशील साझा पार्टीलाई पाँच, एकीकृत शक्ति नेपाललाई ३, नेपाल संघीय समाजवादी पार्टीलाई २३, जनजागरण पार्टी नेपाललाई ११ मत प्राप्त भएको छ ।
सामाजिक एकता पार्टीरनेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टीलाई १५, आमूल परिवर्तन मसिहा पार्टीलाई ६०, नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टीरसचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी०लाई १४ र नेपाली जनता दललाई ३१ मत झरेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी छ ।