Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको प्रतिनिधि सभामा कांग्रेस उम्मेद्वार कान्छाराम र प्रदेशमा एमालेका शान्तिको अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ८ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । प्रतिनिध सभा र प्रदेश सभाको मत गणना चलिरहदा प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेरद्वार एव.नेपाली कांग्रेसका सभापति पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले अग्रता लिईरहेका छन् । उनले ६ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेलले ५ हजार ५२ मत ल्याएर तामाङ्ग लाई पछ्याई रहेका छन् ।

उमाकुण्डका ७ वटा वडा र गोकुलगंगा गाउँपालिकाका ४ वटा वडा सहित ११ वटा वडाको कुल १३ हजार ८ सय ४५ मत गणना हुँदा कान्छाराम तामाङ्गले ६ हजार ७ सय ७७ मतले अग्रता लिएको छ । त्यसैगरी राप्रपा र नेकपा एस लगायत अन्य स्वतन्त्र उमेद्वार भने उनिहरुको तुलनामा निकै पछाडि छन् । त्यस्तै प्रदेश सभा तर्फ नेकपा एमालेका उमेद्वार शान्ति प्रसाद पौडेलले ५ हजार ४ सय ८ सय मत प्राप्त गरी अग्र स्थान लिएका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका तारा नारायण श्रेष्ठले ४ हजार ९ सय ९७ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी राप्रपाका लाल बहादुर तामाडले प्रतिनिधि सभा तर्फ ५ सय १३ र प्रदेश सभाका उमेद्वार हिक्मत सुनुवारले १ हजार ९ सय १५ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रदेश सभा तर्फ नेकपा एसका उमेद्वार रमेश कुमार बस्नेतले ३ सय ६१ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । ढिलोगरी भईरहेको मत गणनामा प्रतिनिधिसभा तर्फ ९ सय ४३ र प्रदेश सभा तर्फ ५ सय ६६ मत बदर भएको पनि कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४