काठमाडौं । रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी रहेको छ । हालसम्मको ताजा मत परिणाम अनुसार गठबन्धन दलका उम्मेदवारको अग्रता कायमै छ । प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ ।
प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ ।
प्रदेश ख को भने मतगणना सुरु गरिएको छैन । अहिलेसम्मको मत गणना अनुसार पूर्ण बहादुर तामाङ्ग “कान्छाराम”ले ५ हजार ८८ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलले ३३ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा क मा अहिले सम्मको मत गणना अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । उहाँले ३६ सय ७२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले ३४ सय ६ मत प्राप्त गर्नुभएको छ ।