Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रियंका चोपडाले गरिन् नेपालीमूलकी किशोरी परिजिताको सारीको प्रशंसा, ‘द भ्वाइस’मा जितको शुभकामना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ४ २०७९
  • 3K
    SHARES

काठमाडौँ । नेपालीमूलकी किशोरी परिजिता बाँस्कोटाको सहभागिताले यतिबेला अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’ चर्चामा छ । परिजिता भ्वाइसको अन्तिम १३ मा प्रतिस्पर्धा गरिरहेकी छन् ।

उनलाई यतिबेला विश्वका चर्चित सेलिव्रिटीले ‘इन्डोर्समेन्ट’ गर्ने क्रम जारी छ । नेपालसँग जोडिएका कलाकारले उनको पक्षमा समर्थन गर्ने कुरा त भैहाल्यो, अन्य मुलुकका सेलिव्रिटी समेत परिजिताको पक्षमा खुलेका छन् ।

परिजितालाई बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका गायक पति निक जोनसले पनि समर्थन गरेका छन् । परिजिताप्रति माया दर्शाउँदै प्रियंका र निकले उनले पहिरिएको सारीको प्रशंसा गरेका छन् ।

परिजितालाई कोच जोन लिजेन्डले पठाएको मोबाइल मेसेज (बायाँ)

परिजिताका कोच जोन लिजेन्डसँग प्रियंका र निकले उनको सारी र गायकीको प्रशंसा गरेका हुन् । परिजितालाई जोनले पठाएको टेक्स्ट म्यासेजलाई उनले सार्वजनिक गरेकी छन् ।यसैबीच, मेरिल्याण्डका गभर्नर ल्यारी होगनले समेत परिजितालाई द भ्वाइस रियालिटी शोमा जितको शुभकामना दिएका छन् । परिजिताले भिडियो सन्देश जारी गर्दै आफूलाई भोट गर्न अपिल गरिरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४