Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि देशभर मतदान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानमा भाग लिन मतदाताहरु उत्साहित भएर लाइनमा बसेका छन् । प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका लागि आज प्रत्यक्ष मतदान सुरु भएको हो । त्यसैगरी प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फका लागि पनि आजै मतदान भइरहेको छ । त्यसका लागि आयोगले ४ वटा मतपत्रको व्यवस्था गरेको छ ।

मतदानका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ । निर्वाचन सम्पन्न गर्नका लागि साढे ५ लाखजति सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । मुलुक संघीयतामा गएपछि संघीय संरचना अनुसारको यो दोस्रो निर्वाचन हो । यस अघि २०७४ मा स्थानीय,संघीय संसद र प्रदेश सभाको निर्वाचन भएको थियो । स्थानीय तहको दोस्रो निर्वाचन भने गत बैशाख ३० मा सम्पन्न भएको थियो ।

२०७४ मा दुई चरण गरेर निर्वाचन सम्पन्न भएको थियो । तर यसपटक एकै चरणमा निर्वाचन भएको हो । निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्र लैजानु पर्ने जनाएको छ । यदि मतदाता परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र,लालपूर्जा र राहदानीका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४