Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अघि बढ्यो बढुवा प्रक्रिया, को बन्ला अतिरिक्त स्वास्थ्य सचिव ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह (अतिरिक्त स्वास्थ्य सचिव) पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ ।

समितिले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी रिक्त छ ।

बाह्रौं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ (१) बमोजिम एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ ।

बाह्रौं तहमा बढुवाका लागि १० जना भन्दा बढी कर्मचारी योग्य छन् । तर, दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने भएको छ । तीमध्येबाट दुईजना १२ औं तहमा बढुवा हुनेछन् ।

कार्य सम्पादन मूल्यांकनको आधारमा बाह्रौं तहमा डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटा बढुवा हुने निश्चितजस्तै देखिएको छ ।

कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुईको नम्बर बढी देखिएको छ । डा. बाराकोटी यस अगाडि नै पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, उनलाई रोकेर डा. संगीता कौशल मिश्राको बढुवा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४